बसन्त प्रधानद्वारा लिखित उपन्यास कोल्टे गोलाई लोकार्पित

IMG-20240512-WA0244.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि चुनभट्टीमा बसन्त प्रधानद्वारा लिखित उपन्यास ‘कोल्टे गोलाई’ को लोकार्पण गरिएको छ। चुनभट्टीको सार्वजनिक भवनमा सम्पन्न लोकार्पण कार्यक्रममा मुख्य अतिथिको रूपमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान उपस्थित रहेका थिए भने विशिष्ठ अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्या पुष्पकुमारी प्रधान, मदनकुमार प्रधान, स्रष्टा एंव सम्बोधन प्रकाशनका निर्देशक सुरज रोसुरी उपस्थित रहेका थिए। घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाद्वारा सञ्चालन एंव स्वागत सम्भाषण राखिएको कार्यक्रममा त्रिगायत्री बाल विकास चुनभट्टीका नानीहरूले प्रस्तुत गरेका थिए।

प्रमुख अतिथि एंव विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा स्रष्टा एंव उपन्यासकार बसन्त प्रधानकी माताको आत्मा शान्तिको निम्ति एक मिनटको मौन धारण गरिएको थियो। उक्त कार्यक्रममा नै कार्यक्रमको मुख्य अतिथि मोहनकुमार प्रधान अनि विशिष्ट अतिथिहरू, स्रष्टा बसन्त प्रधान लगायत अन्यहरूका बाहुलीबाट कोल्टे गोलाई उपन्यासको लोकार्पण गरिएको छ। कार्यक्रममा उक्त पुस्तकमाथि शिक्षक विदुर प्रधानले जानकारी गराएका थिए भने स्रष्टा एंव उपन्यासकार बसन्त प्रधानको जीवनी विषयमा डा. आदित्य मोक्तानले प्रस्तुत गरेका थिए। कार्यक्रममा सम्बोधन प्रकाशनको पक्षबाट स्रष्टा सुरज रोसुरीले आफ्नो सम्बोधनमा बसन्त प्रधानक रूपमा राम्रो आख्यानकार नेपाली साहित्यले पाएको बताउँदै बसन्त प्रधानले अब आख्यान लेखनमा विशेष रूपमा लागि पर्नु पर्ने बताएका छन्। उनले बसन्त प्रधानले आफ्नो उपन्यासमार्फत् चुनभट्टी र तीनधारे क्षेत्रलाई चिनाएको बताएका छन्। कार्यक्रममा पुस्तकमाथि समीक्षात्मक टिप्पणी को क्रममा स्रष्टा एंव पत्रकार शैलेन्द्र समदर्शीले साहित्यमा इतिहास पुन: लेखन शुरु भएको भन्दै यो पुस्तक उपन्यासको बाटो भएर इतिहास लेखिएको बताएका छन्। समदर्शीले यस उपन्यासको पात्रहरूले हाम्रो ठाउँको चिन्हारी देखाएको छ र यो उपन्यास लेखनसितै इतिहास पनि लेखिएको बताएका छन्। कार्यक्रममा प्रमुख अतिथि शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधानले आफ्नो वक्तव्यमा बसन्त प्रधान सानैदेखि तीक्ष्ण बुध्दिको र असल चरित्र भएको व्यक्ति थिए भन्दै आज आफ्नो कृति निकालेर आफ्नो गाउँ, आफ्नो क्षेत्रको नाम उच्च राखेको बताएका छन्।

कार्यक्रममा उपन्यासकार बसन्त प्रधानले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रममा तीनधारे लगायत चुनभट्टी र अन्य विभिन्न क्षेत्रहरूबाट स्रष्टाहरू साथै विभिन्न व्यक्तिहरू उपस्थित रहेका थिए। उल्लेखनीय छ चुनभट्टी निवासी बसन्त प्रधानले २००१ सालमा खरसाङ महाविद्यालयको अर्किडमा कथा प्रकाशित गरी आफ्नो लेखन शुरु गरेका थिए। मेडिशनमा स्नातक गरेका बसन्त प्रधान हालमा श्री सत्य साई इन्स्टीट्युट अफ् हायर मोडिकल साइन्स पुट्टापर्तीको जेनेरल अस्पतालमा फार्मासिस्टको रूपमा कार्यरत् छन्।

About Author

Advertisement