सिलगढी: बिहार जाँदै गरेको बसको छतबाट लाखौं रुपियाँको रक्सी बरामद गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा प्रहरीले शुक्रबार राति फंसिदवारको घोषपुकुर राष्ट्रिय राजमार्गमा खोजी गर्दा सिलगढीबाट पटना जाँदै गरेको बसको छतबाट रक्सी बरामद गरेको हो। चानाचुरको बोराको भेषमा मदिरा तस्करी हुने गरेको थाहा लागेको छ। तर घोषपुकुर चौकीका पुलिसले त्यो प्रयास विफल पारे। तर, पुलिसले घटनामा संलग्न कसैलाई पनि पक्राउ गर्न सकेको छैन। पुलिसले बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ। रक्सी बिहारमा तस्करी हुँदै आएको बताइएको छ।










