बलुवा लादिएको ट्र्याक्टर जफत, चालक पक्राउ

IMG-20230528-WA0320-5-300x172-3

सिलगढ़ी: अवैध रूपमा नदीबाट बालुवा ढुवानी गरिएको आरोपमा खोरीबाड़ी थानाको पुलिसले बितेको सोमवार अबेर राती एकजना ट्र्याक्टर चालकलाई पक्राउ गरेको छ। पक्रा परेका ट्र्याक्टर चालकको बब्लु सिंह हो। सूत्र अनुसार बितेको राती गुप्त सूचनाको आधारमा अभियान चलाएर खोरीबारी थानाको पुलिसले रूपन जोत राष्ट्रिय राजमार्गबाट गुज्रिरहेको बेला ट्र्याक्टरलाई समात्यो। चालकसित जाँचबुझ गर्दा उसले डुमुरिया नदीबाट बलुवा लगेको बतायो। बालुवासित सम्बन्धित वैध कागजपत्र देखाउन असमर्थ भएपछि चालकलाई पक्राउ गरियो। खोरीबारी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।

About Author

Advertisement