बलिवुडकी गायिका प्रिया भट्टचार्यले जोगीघाट मेलामा नेपाली गीत गाएर सबैलाई मन्त्रमुग्ध पारिन्

IMG-20250114-WA0302

खरसाङ: जोगीघाट युथ वेलफेयर एसोसिएसनको आयोजनमा आयोजित माघे मेलाको चौथो दिनको साँझको साँगीतिक कार्यक्रममा बलिवुड गायिका प्रिया भट्टाचार्यले आफ्नो बहुमूल्य उपस्थितिसंगै आफ्नो प्रस्तुतिले मन्त्रमुग्ध पारिन्।
उनलेे झझल्को लिएर आएछ श्रावण, किन बड्दैछ ढुकदुकी मुटुको जस्ता सदाबहार नेपाली गीतहरु गाएर दर्शक श्रोताको मन जीत्न सफल भईन्। कार्यक्रममा स्थानीय गायकहरु अभिनाष शेर्पा, रिकदेन शेर्पा अनि आकाश गुरुङले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा आयोजक समितिको तर्फबाट समाजसेवी बिक्रम राई अनि प्रिया भट्टाचार्यलाई आयोजक समितिको तर्फबाट सम्वर्द्धना जनाईयो भने पत्रकार केशर मोक्तान, करुण राईलाई पनि आयोजन समितिको तर्फबाट धन्यवाद स्वरुप प्रेमको चिन्ह प्रदान गरिएको छ।‌ यस अवसरमा बिक्रम राईको तर्फबाट हाम्रो गुम्बा गाँऊका निर्देशक रसिक राईलाई सम्वर्द्धना प्रदान गरेका थिए। कार्यक्रमलाई किशोर राईले सञ्चालन गरेका थिए।

उक्त माघे मेला जोगीघाट परिसरमा १० जनवरीदेखि शुरु भएको हो भने १९ जनवरीसम्म हुने भएको छ। यसको साथै आगामी १६ जनवारीको साँझ नेपालका ख्यातिप्राप्त गायिका ज्योती मंगरले पनि आफ्नो प्रस्तुति दिने भएको छ। बलिवुडकी गायिका प्रिया भट्टचार्यले दार्जिलिङ पहाडी भेकका कलाकारहरु अभिनय क्षेत्रमा जो पनि इच्छुक छन् उनीहरुलाई मुम्बईमा लगेर फिल्म क्षेत्रमा कतिवटा काम गराउने आफ्नो मनसाय व्यक्त गर्दै यस क्षेत्रबाट कोही पनि मुम्बईमा गएर अभिनय गर्ने इच्छुक कलाकारले सिटोङका समाजसेवी बिक्रम राईसित चाढै सम्पर्क गर्न सक्ने कुरा गायिका भट्टचार्यले जनाईन्।

उनीसित हिन्दी सिनेमा जगतका मसुर हाँस्य अभिनेता जोनी लिबर पनि आउने थियो तर केही अचानक उनको व्यस्तताको कारण उनी आउन सकेनन्। तर भविष्यमा फेरि अभिनेता जोनी लिबरको साथमा सिटोङ आउने बाचा स्टेजबाट नै गायिका प्रिय् भट्टचार्यले गरिन्।

About Author

Advertisement