कालचिनी: आज बिहानीपख परेको दर्कने पानीले दलसिंहपाड़ा रणबहादुर बस्ती प्रभावित भएको छ गाउँलेहरूले जनाएका छन्| एकातिर तोर्षा खोलाको बाढ़ बस्तीमा पस्ने आशङ्का त अर्कोतिर कालो अलकत्रे सडक र गाउँ घरतिर पस्ने पीसीसी सडकको अव्यवस्थित निर्माणले रणबहादुर बस्तीका जन साधारण त्राहिमाम अवस्थामा रहेको रणबहादुर बस्ती बासिन्दाहरूले गुनासो गरेका छन्|
स्थानीय बासिन्दाहरूले गुनासो गरे अनुसार तोर्षा नदीको ढुङ्गा, गिटी र बालुवा अवैद्य ढङ्गमा तस्करी भइरहेतापनि प्रशासन मौन रहेको छ| यस्तो अवस्थामा अलिक ठूलो पानी आए गाउँलेहरू ढुक्क भएर निदाउने परिस्थिति नै नरहेको र रातभरि जागृत बस्न बाध्य बनेको रणबहादुर बस्ती बासिन्दाहरुले जनाएका छन्|










