११ अगस्तः कमनवेल्थ गेम्सको समाप्तिपछि बर्मिंघममा पाकिस्तानका दुईजना बक्सर लापत्ता भएका छन्। पाकिस्तान बक्सिंग महासंघ (पीबीएफ)-का सचिव नासिर तांगले यस खबरको पुष्टि गरेका छन्। उनले बताए अनुसार, बक्सर सुलेमान बलूच र नजीरुल्लाह टीमले इस्लामाबाद प्रस्थान गर्न केही घण्टा अघिदेखि हराएका छन्। बर्मिंघम कमनवेल्थ गेम्सको समापन सोमवार भएको थियो। तांगले भने, उनीहरूका पोसपार्ट सहित समस्त यात्रा दस्तावेजहरू अहिले पनि महासंघका ती अधिकारीहरूसँग छ जो बक्सिंग टीमसँग खेलहरूमा गएका थिए। पाकिस्तान टीम प्रबन्धनले ब्रिटेनमा पाकिस्तान उच्चायोग र लण्डनमा सम्बन्धित आधिकारीहरूसँग सुलेमान र नजीरुल्लाह लापत्ता भएको बारेमा सूचना साझा गरेको छ। तांगको भनाइअनुसार, लापत्ता बक्सरहरूका दस्तावेज पाकिस्तानबाट आउने सबै खेलाड़ीहरूका निम्ति मानक सञ्चालन प्रक्रिया (एसओपी) अनुसार राखिएको थियो।
पाकिस्तान ओलम्पिक समिति (पीओए)-ले लापत्ता बक्सरहरूका मामिलामा जाँचको निम्ति चार सदस्यीय समितिको गठन गरेको छ। पाकिस्तानले कमनवेल्थ गेम्सको बक्सिंग प्रतियोगितामा कुनै पदक जित्न सकेन। देशले वेट लिफ्टिंग र ज्याभलिन थ्रो-मा चाहिँ दुईवटा स्वर्ण सहित आठवटा पदक जित्यो। बक्सरहरू लापत्ता भएको घटना राष्ट्रिय स्वीमर फैजान अकबर हंगेरीमा फिना विश्व च्याम्पियनशीपबाट हराएको दुई महिनापछि भयो। अकबरले चाहिँ च्याम्पियनशीपमा हिस्सा नै लिएनन् अनि बुडापेस्टमा पुगेको केही घण्टाभित्रै आफ्नो पासपोर्ट र अन्य दस्तावेजको साथ लापत्ता भएका थिए। जूनदेखि उनको कुनै अत्तोपत्तो छैन।










