बर्फुङ समष्टिका ग्वालाहरूलाई प्रोत्साहन राशी वितरण

IMG-20220922-WA0186.jpg

गान्तोक: बर्फुङ निर्वाचन क्षेत्रका ग्वालाहरूलाई आज दुधको प्रोत्साहन राशी वितरण गरियो। प्रोत्साहन रासी वितरण कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष लाब्जङ भुटिया, सीएलसी अध्यक्ष विष्मु शर्मा, लगायत ४१ वटा दुध सहकारी समितिका सचिवहरूको विशेष उपस्थिति रहेको थियो। आज जम्मा २५, ३६, १५१ रुपियाँको चेक क्षेत्रका विभिन्न ग्वालाहरूलाई उपस्थित अतिथिहरूको बाहुलिबाट हस्तान्तरण गरियो। यो राशी अप्रेलदेखि जुन महिनासम्मको वितरण गरिएको हो।

ज्ञात रहोस् वर्तमान सिक्किम क्रान्तारी मोर्चा पार्टीको सरकारले राज्यका ग्वालाहरूलाई प्रति लिटर ८ रुपियँ प्रोत्साहन राशी प्रदान गरिरहेको छ जस अन्तर्गत बर्फुङ क्षेत्रका ग्वालाहरूले अघिबाटै १ करोड़ १८ लाख ९७ हजार ४०८ रुपियाँ प्रोत्साहन राशीको रुपमा प्राप्त गरिसकेको छ। प्रोत्साहन राशीको निम्ति क्षेत्रका ग्वालाहरूले मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरेका छन्।

About Author

Advertisement