बबियाबाट १ सय १५ किलो गाँजा बराबद

IMG-20240728-WA0228

काठमांडू: सुनसरीको इनरुवा ९ बबियाबाट १ सय १५.७ किलो गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नम्बर ४ गण हेड क्वाटर सुनसरीको टोलीले चेकजाँचको क्रममा उक्त परिमाणको गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सुराकीका आधारमा सशस्त्र प्रहरीले बबिया चोकमा प्रदेश १–०२–००२ च ६८८३ नम्बरको टाटा सफारी गाडी चेकजाँच गरेको थियो। सो क्रममा गाडीमा लुकाइएको उक्त परिमाणको गाँजा फेला परेको हो। गाँजासँगै गाडीमा सवार धनकुटा सांघुरीगढीका ३२ वर्षिय रामकुमार राई र सो स्थानका २२ वर्षिय बुद्ध लिम्बुलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नम्बर ४ गणले जनाएको छ। भारतीय सीमा तर्फ लैजाने क्रममा बरामद गाँजा सहित ओसारपसारमा प्रयोग गरिएको गाडी र नियन्त्रणमा लिइएका व्यक्तिलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको नम्बर ४ गणले जनाएको छ। यसैगरी देवानगञ्ज गाउँपालिका ५ बाट भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित ६ किलो गाँजा र भोक्राहा नरसिंह ८ बाट साइकल सहित ६ किलो गाँजा समेत बरामद भएको सशस्त्र प्रहरी नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएको छ। पछिल्लो समय चेकजाँच र निगरानी बढाइएसँगै गाँजा लगायत तस्करीका सरसामान बरामद हुने क्रम बढेको छ।

About Author

Advertisement