खरसाङ: बन्सल कम्पनी अधीनस्थ रहेको १० वटा चियाबारीहरूमा चियाबारी श्रमिकहरूले वेतन नपाएको कारणले लगातार रुपमा धरणा चलिरहेको छ। यसै सिलसिलामा अम्बटे चियाबारीमा पनि बिहीबार विरिध प्रदर्शन गर्दै धरणा साथै गेट मिटिङ गरियो। बन्सल कम्पनी अधीनस्थ अम्बटे चियाबारीमा श्रमिकहरूको दुई खर्च र एक खर्च हालिदिएको भएपनि धरणा र गेट मिटिङ भने जारी रहेको छ। अम्बटे चियाबारीका श्रमिकहरूले दुई खर्च र एक तलब दिएर मात्रै हुँदैन तर रहल सबै पैसा सबै दिनुपर्ने साथै श्रमिकहरूले पाउनु पर्ने करोड़ रुपियाँको पीएफ र लाखौं रुपियाँको ग्राजुएटी पनि प्रदान गरिनुपर्छ भन्ने माग गरेका छन्। यसै कारणले अम्बटे चियाबारीमा आज पनि धरणा र गेट मिटिङ सम्पन्न भएको थियो। आज सम्पन्न भएको गेट मिटिङलाई भागोप्रमोको स्थानीय नेतृत्व अमृत छेत्रीले सम्बोधन गरेका थिए। यस विषयमा अम्बटे चियाबारीको श्रमिकहरूले गेट घेर्दा र अफिस घेर्दा मात्रै खर्च दिने तर सुचारु रुपले कार्य गर्दा चाहिँ खर्च नदिने भन्दै हामी चाहान्छौं सरकारले कम्पनीको लिज खारेज गरेर अर्को नयाँ कम्पनीले पायोस् नत्र कम्पनीले हाम्रो खर्च नियमित रुपले दिनुपर्छ साथै हाम्रो पीएफ र ग्राजुएटी पनि प्रदान गरिनुपर्छ भनी मांग गरेका छन्। श्रमिकहरूले हाम्रो सबै रहल पैसाहरू दिनुपर्छ नत्र कम्पनीले बगान छोड़ेर जायोस् भनी मांग गरेका छन्। अम्बटे चियाबारीको श्रमिकहरूले गेट मिटिङमा विभिन्न प्रकारका नाराहरू लगाएका छन्। श्रमिकहरूले ‘सरकारले यसमाथि हस्तक्षेप गर्नुपर्छ’, ‘श्रमिकलाई शोषण गर्नु पाउँदैन’, ‘कम्पनीको लिज रद्द हुनुपर्छ’, ‘यसको मालिक चाहिन्दैन’ जस्ता नाराहरू लगाएका थिए।
गेट मिटिङपछि पत्रकारहरूलाई भागोप्रमो नेता अमृत छेत्रीले सम्बोधन गर्दै भने, ‘हामीले धारावाहिक रूपमा धरणा गरिहेको र माथिबाट यो आन्दोलन जारी राख्ने निर्देश आएकोले गर्दा हामी लगातार रुपमा आन्दोलनमा छौंl हिजो दुईवटा खर्च र एउटा तलब भयो तर हामीलाई झुक्काउनलाई यसो गर्दैछन् तर हाम्रो रहल पैसा दिएर फेरि खर्च र तलब नियमित रुपमा दिन्छ कि भनी प्रश्न गर्दै यो विषयमा दह्रिलो सम्झौता गरिनुपर्छl’ उनले भने, ‘हामीले पाउनु पर्ने करोड़ रुपियाँको पीएफ र लाखौं रुपियाँको ग्राजुएटी पनि दिनुपर्छ र अब सरकारले पीएफ र ग्राजुएटी श्रमिकहरूको ब्यांक खातामा सोझै पस्नु पर्ने प्रावधान बनाउनुपर्छl’









