बन्धन ब्यांकको खुद्रा लोन बुकमा ८० प्रतिशत वृद्धि

IMG-20231018-WA0240

कोलकाता: बन्धन ब्यांकले आज आर्थिक वर्ष २०२३-२४ को दोस्रो त्रैमासिकको वित्तीय परिणाम सार्वजनिक गरेको छ। यसबारेमा ब्यांकले एक प्रेस विज्ञप्ति जारी गरेको छl विज्ञप्तिका अनुसार, ब्यांकको खुद्रा कर्जा बुकमा ८० प्रतिशतको स्वस्थ बृद्धि भएको छ जसले ब्यांकको पोर्टफोलियो विविधीकरण एजेन्डालाई अझ बलियो बनाएको छ। कुल निक्षेपमा ब्यांकको खुद्रा हिस्सा अहिले ७४ प्रतिशत छ। सोही अवधिमा कुल कारोबार बढेर करिब २.२० लाख करोड रुपियाँ पुगेको छ। समग्रमा यस त्रैमासिकमा ब्यांकले उत्साहजनक वृद्धिदर हासिल गरेको छ जुन ब्यांकको वितरण सञ्जालको विस्तार र अनुकूल कार्य वातावरणका कारण सम्भव भएको हो।

यसको नेटवर्क विस्तार योजनाको एक भागको रूपमा, बन्धन ब्यांकले लेहमा आफ्नो नयाँ शाखा खोलेर केन्द्र शासित प्रदेश लद्दाखमा आफ्नो उपस्थिति विस्तार विज्ञप्तिमा बताएको छ। यसले देशका ३६ राज्य र केन्द्र शासित प्रदेशहरू मध्ये ३५ मा बन्धन ब्यांकको प्रवेशलाई चिन्ह लगाउँछ। ब्यांकले त्रैमासिक अवधिमा देशभर ८० वटा शाखा खोलेको छ। बन्धन ब्यांकले भारतमा ६,२०० भन्दा बढी बैंकिङ आउटलेटहरू मार्फत ३.१७ करोड भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दछ। बन्धन ब्यांकमा कार्यरत कुल कर्मचारीको संख्या ७४ हजारभन्दा माथि रहेको विज्ञप्तिमा बताएको छ। विज्ञप्तिका अनुसार, ‘ब्यांकको निक्षेप गत आयको सोही त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०२३-२४ को दोस्रो त्रैमासिकमा १२.८ प्रतिशतले बढेको छ। कुल निक्षेप अहिले १.१२ लाख करोड रुपियाँ छ। चालु खाता र बचत खाता (सीएएसए) अनुपात अहिले कुल निक्षेप पुस्तकको ३८.५ प्रतिशत रहेको छ। कुल अग्रिम अब रु १.०८ लाख करोडमा खडा छ। ब्यांकको स्थायित्वको सूचक पुँजी पर्याप्तता अनुपात (सीएआर) १९.२ प्रतिशत रहेको छ, जुन नियामक आवश्यकताभन्दा धेरै बढी हो।

ब्यांकको त्रैमासिक नतिजाबारे आफ्नो धारणा व्यक्त गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखर घोषले भने, ‘आर्थिक वर्षको दोस्रो त्रैमासिकमा ब्यांकको कार्यसम्पादन उत्साहजनक रहेको छ। आफ्नो विविधीकरण एजेन्डा अनुरूप, ब्यांकले आफ्नो खुद्रा बैंकिङ पोर्टफोलियोलाई थप विस्तार गर्न ध्यान केन्द्रित गरिरहेको छ। पछिल्ला केही त्रैमासिकमा लन्च गरिएका सबै नयाँ व्यापार लाइनहरू र ब्यांकले गरेको प्राविधिक परिवर्तनका कारण हामी यो आर्थिक वर्षको बाँकी अवधिमा पनि राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौंl’

About Author

Advertisement