दार्जीलिङ: ‘श्रमिकलाई भन्दा गाह्रो भागोप्रमो को श्रमिक संगठनलाई परी रहेको छ भन्दै’ क्रामाकपा नेता पविन छेत्रीले ब्यग कस्यो। अप्पर सिर्डस चिया बगानमा पथ सभा सम्पन्न भयो। आयोजित पथ सभालाई सम्बोधन गर्ने क्रममा क्रामाकपा कार्यकर्ता पविन छेत्रीले बन्द रम्बुक सिडर्स चिया बगानमा यहाँको श्रमिकहरू लाई भन्दा गाह्रो भागोप्रमोको श्रमिक संगठनको नेतृत्व हरूलाई भई रहेको तिनले बताए।तिनले अधि बन्द रम्बुक सिडर्स चिया बगानको काँचो चिया टिपेर मुनाफा कमाउँने दावमा छन यिनीहरू। तपाईहरूले काँचो चिया टिप्नु होस, मलाई भन्नु केही छैन तर तपाईहरूले काँचो चिया टिप्दा गाउँको समाज, संघ, संस्था साथै वृद्वहरूलाई पनि समाबेश गराउनु होस, पार्टी केन्द्रीय समितिको सदस्यहरू, भाइस चेयरम्यानलाई यस्तो काम नगरोस छेत्रीले भने। अहिले गाई बाख्रा बाटने काम गर्दैछ, जनता सचेत हुनु पर्छ, विमारी गाई बाख्रा दिएर धरको स्वास्थ्य गाई बाख्रा विमार बनाउने काम नगर्न होस छेत्रीले भने। भागोप्रमोको नेतृत्वहरू बाँदरे प्रवृद्वि छ, यिनीहरूले आफ्नो धर पनि बनाउँदैन अनि अरूले बनाएको पनि हेर्न सक्दैन, यिनीहरूले श्रमिकहरूलाई कोर्टमा लगेर थाल बजाउन लगाए, प्याकेट लंज पाए, गाडीको भाढ लिए, उनीहरूले खाएको प्याकेट लंज र गाडीको भाढ लिएको अहिले हाम्रो श्रमिकहरूले भोग्नु पर्दैछ।








