बन्दुक, बम बोकेर कक्षा कोठाभित्र प्रवेश

45c7b242-404b-4987-bbd4-ada7a824b864


मालदा: मालदा थानाको मुचिया चन्द्रमोहन हाई स्कूलमा एक व्यक्ति बन्दुक,बम लिएर स्कूलको समय कक्षा कोठामा प्रवेश गरे। उनले कक्षा कोठाको टेबलमा एसिडका बोतल, बम राखे। यस घटनाले विद्यालयमा आतङ्क मच्चियो। सूचना पाएलगत्तै पुलिस घटनास्थल पुगेको थियो। पुलिस अधीक्षक पनि घटनास्थल पुगेका थिए। श्रोतका अनुसार,बन्दुकधारीको नाम राजु वल्लभ हो। उनले आरोप लगाए अनुसार उनकी आफ्नी श्रीमती, छोरा र बुहारीलाई तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूले घरबाट उठाएर लगेका थिए। तिनीहरू एक वर्षदेखि बेपत्ता छन्। उनीहरूलाई फिर्ता ल्याउन बन्दुक,बम लिएर कक्षा कोठामा प्रवेश गरेको ती बन्दुकधारीले बताएका छन्।

About Author

Advertisement