कालेबुङ: भाजपाद्वारा डाकिएको राज्यव्यापी बन्दलाई समर्थन गर्दै भाजपाद्वारा कालेबुङ शहरमा पोस्टरिङ गरेको छ। पश्चिम बङ्गाल भाजपा प्रदेशले भोलि अर्थात् बुधबार १२ घन्टा बङ्गाल बन्द डाकेको छ। पश्चिम बङ्गालमा आम मानिसहरुको सुरक्षा नै नरहेको भन्दै भाजपाले डाकेको बन्दलाई पहाडवासीलाई पनि बन्द राखिदिने दार्जिलिङ भाजपाले अनुरोध गरेको छ।दार्जिलिङ जिल्ला भाजपा अध्यक्ष कल्याण देवानले सबैलाई बन्द पालन गरिदिने आह्वान् गरेका छन्। मंगलबार साँझ कालेबुङ शहरमा पोस्टिङ् गर्दै बन्द पालन गरिदिने भाजपाले आह्वान् गरेको छ।










