बद्रीनाथ धामको कपाट खोलियो

फाइल फोटो

देहरादुन: बद्रीनाथ धामको कपाट बिहीबार बिहान ७:१० बजे आम श्रद्धालुहरूको लागि खोलियो। यस विशेष अवसरमा लगभग दश हजारभन्दा अधिक श्रद्धालुहरूले भगवान बद्री विशाल र अखण्ड ज्योतिको दर्शन गरेर घृत कम्बलको प्रसाद ग्रहण गरे। बद्रीनाथको कपाट खोलिन साथ चारधाम यात्राको विधिवत शुरूवाट भएको छ। बद्रीनाथ धाममा दर्शनको लागि रातीदेखि नै श्रद्धालुहरू पंक्तिबद्ध भएर बसेका थिए। भोर बिहान कटाप खोल्ने प्रक्रिया शुरू भएको थियो। पहिला दक्षिण द्वारबाट भगवान कुबेरले बद्रीनाथ मन्दिरमा प्रवेश गरे। त्यसपछि भीआईपी गेटबाट बद्रीनाथका मुख्य पुजारी रावल ईश्वरी प्रसाद नंबूदरी, धर्माधिकारी राधा बल्लभ थपलियाल अनि वेदपाठीहरू उद्धवजीको उत्सव मूर्तिसहित मन्दिरभित्र प्रवेश गरे।

उद्धव र कुबेरको मूर्तिलाई गर्भगृहमा स्थापित गर्नपूर्व रावल ईश्वर प्रसाद नंबूदरीले स्त्रीको भेष धारण गरी माता लक्ष्मीलाई गर्भगृहदेखि बाहिर ल्याएर लक्ष्मी मन्दिरमा विराजित गरियो। मुख्य पुजारी रावल ईश्वरी प्रसाद नंबूदरीको निर्देशनमा द्वार पूजन भयो। पूजा-अर्चनापछि गाड़ू घड़ालाई मन्दिरभित्र ल्याइयो। त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट पहिलो पूजा भयो। बिहान ७:१० बजे जय-जयाकहरूको बीचमा बद्री विशालको कपाट खोलियो। मुख्यमन्त्री पुष्कर सिंह धामीले कपाट खोलिएको शुभ अवसरमा समस्त श्रद्धालुहरूलाई शुभकामना दिँदै भने, चारधाम यात्राको सकुशल संचालनहेतू राज्य सरकारले तमाम व्यवस्थाहरू गरेको छ। कपाट उद्घाटनमा ज्योतिषपीठका सन्त स्वामी अविमुक्तेश्वरानन्द सरस्वती, पुलिस महानिरीक्षक गढ़वाल करण सिंह, जिल्लाधिकारी हिमांशु खुराना, एसपी प्रमेन्द्र सिंह डोबाल, मन्दिर समितिका अध्यक्ष अजेद्र अजय, उपाध्यक्ष किशोर पँवार, समितिका सदस्य वीरेन्द्र असवाल, आशुतोष डिमरीसहित केही विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement