बलासन: नेहुर बालासन ड्रीमर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित मोतिलाल मोक्तान स्मृति ओपन नक्आउट फूटबल टुर्नामेण्ट २०२४ शुरु भइसकेको छ। आइतवार खेलिएको दुईवटा म्याचमा बदामताम र सिलगढ़ी यूबीएफसी-को टीमले जीत हासिल गऱ्यो। नेहुर बालासन खेल मैदानमा भएको पहिलो म्याचमा बदामतामले बिजनबारीलाई १-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा सिलगढ़ी यूबीएफसी-ले मंगपूको टीमलाई ६-१-ले पराजित गऱ्यो। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।










