बतासे युवा खेलकुद संघद्वारा शोक सम्वेदना पत्र प्रदान

IMG-20221116-WA0110.jpg

टुङ: गत ३१ अक्टोबरको दिन खरसाङ नजिक गाडी दुर्घटनामा परेर टुङ निवासी स्वस्तिका तामाङको निधन भएको थियो। स्व. स्वस्तिका तामाङ एकजना फुटबल खेलाडी थिइन्। एक उदियमान खेलाडीको असामायिक निधनले सबै शोकित बने।ज्ञात रहोस स्व.स्वस्तिकाले आफ्नो अन्तिम म्याच अप्पर बतासे प्रधान गाउँ खेल मैदानमा खेलेकी थिइन्।

एक उदियमान खेलाडीको निधनप्रति शोक जनाउँदै बतासे युवा खेलकुदद्वारा उनकै वासस्थानमा गई शोकाकुल परिवारसित भेट गरी शोक सम्वेदना पत्र प्रदान गरे। बतासे युवा खेलकुद संघका सभापति रुचन प्रधान सचिव कपिल प्रधानले जानकारी दिएका छन्।

About Author

Advertisement