बगानवासीको जमीनको पर्जा पट्टाको लागि युनियनक्वारा पोस्टरिङ गरेर अनित थापालाई दिए धन्यवाद

IMG-20230802-WA0252.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ समितिले खरसाङ बजारमा पोस्टरिङ गरेर चियाबारी क्षेत्रमा बसोबासो गर्नेहरूका लागि जमीनको पर्जा पट्टा दिलाउन सठीक पहल गरेकोमा पार्टी अध्यक्ष अनित थापालाइ धन्यवाद दिएका छन्। ट्रेड युनियनले खरसाङ बजारको पार्क लोकेशन अघितिर अनि मोटर स्ट्याण्ड क्षेत्रमा पोष्टरिङ गरेर भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापालाई धन्यवाद दिन्दै उनकै कुशल नेतृत्त्वमा नै बगानवासीले जमीनको पर्जा पट्टा पाउन लागेको बताएका छन्। बगानवासीले पनि जमीनको पर्जा पट्टा पाउने भएपछि हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिले आगामी ६ अगस्त आईतबारको दिन खरसाङमा रैली निकालेर पार्टी अध्यक्ष अनित थापाप्रति धन्यवाद दिने भएको छ। यसको साथै बागनवासीले पाउने जमीनको पर्जा पट्टा विषयमा आगामी शुक्रबारको दिन पहाड़को हरेक बगानमा गेट मिटिङ गरेर जमीनको पर्जा पट्टा विषयमा जागरूक गराउने भएको छ। उक्त पोष्टरिङ कार्यमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, उपाध्यक्ष किसान लेप्चा, सचिव भक्तिमान तामाङ, केन्द्रीय सदस्य मण्डल छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टीको उपाध्यक्ष राजु लामा, सभासद प्रणाम रसाईली लगायत अन्यहरू उपस्थित रहेका थिए। यस पोस्टरिङ विषयमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बागनवासीले वर्षौंदेखि सोचेर आएको जमीनको पर्जा पट्टा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको कुशल नेतृत्वमा बगानवासीको लागि जमीनको पर्जा पट्टा प्राप्त गर्नलाई सफल भएको भन्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पक्षबाट पार्टी अध्यक्ष अनित थापालाई धन्यवाद दिएको बताएका छन्। उनले हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको खरसाङ महकुमा समितिको पक्षमा अागामी ६ अगस्त आईकबारको दिन खरसाङमा रैली गरेर धन्यवाद दिने अनि आगामी शुक्रबारदेखि पहाड़को बगानतिर गेट मिटिङ गरेर पर्जा पट्टा विषयमा सचेतना गराउने भएको पनि जानकारी गराएका छन्।

About Author

Advertisement