बगानमा राखिएको खोरमा पर्यो चितुवा

IMG-20240728-WA0160

अलिपुरद्वार: डुवर्सको चिया बगानबाट फेरि खोरमा चितुवा परेको छ। डुवर्सको आटियाबारी चिया बगानको ब्लक नम्बर ९ मा वन विभागले राखेको खोरमा आज पूर्ण वयस्क चितुवा कैद अवस्थामा फेला परेको छ। बक्सा बाघ आयोजनाका वन कर्मचारी घटनास्थल पुगेर खोरमा राखिएको चितुवालाई लिएर गएका थिए। डुवर्सका विभिन्न चिया बगानमा पछिल्ला केही दिनदेखि चितुवा फसेका छन्।

About Author

Advertisement