राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिक्किमे खेलाडीहरूको उत्कृष्ट प्रदर्शन

IMG-20230615-WA0376.jpg

गान्तोक: राजधानीस्थित पाल्जोर स्टेडियमको इण्डोर हलमा सम्पन्न भइरहेको छैटौं युथ मेन्स नेशनल बक्सिङ प्रतियोगिताको आज तेस्रो दिन राज्यका वन विभाग मन्त्री कर्मा लोडे भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उनलाई आज सिक्किम एमेच्युर बक्सिङ एसोसिएशनका पदाधिकारीहरूले स्वागत जनाए। आज विभिन्न वर्गमा खेल सम्पन्न भयो। ४६-४८ किलो वर्गमा सिक्किमका बक्सर तनम लिम्बूले रिङमा उत्कृष्ट प्रदर्शन गर्दै उत्तरखाण्डमा साहिल कुमारलाई रिङ बाहिर गराए।

आज राज्यका दुई खेलाड़ी रिङमा उत्रिएका थिए। दुवै बक्सरको राम्रो प्रदर्शनी रहेको थियो। गत १३ जुनदेखि शुरु भएको यो प्रतियोगिताको समापन आगामी १८ जूनमा हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

Advertisement