बंग्लादेशको म्याचहरू भारत बाहिर गराउने बीसीबी-को माग आईसीसीद्वारा अस्वीकार

IMG-20260107-WA0009

दुबई: आईसीसी र बंग्लादेश क्रिकेट बोर्ड (बीसीसीआई)-बीच मंगलवार भएको वर्चुअल बैठकपछि टी२० वर्ल्ड कप २०२६-लाई लिएर विवाद अझ बढ़ेको छ। ईएसपीएन-क्रिकइन्फोको रिपोर्ट अनुसार, आईसीसीले सुरक्षा कारणहरूको आधारमा बंग्लादेशको म्याचहरू भारत बाहिर गराउने बीसीबी-को मागलाई सरासरी खारेज गरेको छ। यसको साथमा आईसीसी-ले बीसीबी-लाई बंग्लादेशको टीमले भारतमा आएर खेल्नु पर्ने नत्र अंक गुमाउनु पर्नेछ भन्ने स्पष्ट सन्देश दिएको छ। टी२० वर्ल्ड कपमा बंग्लादेशको ४ वटा लीग म्याच भारतमा रहेको छ। बीसीबी-ले चाहिँ यस्तो कुनै चेताउनी प्राप्त नभएको जानकारी दिएको छ। बोर्डको भनाइअनुसार, उनीहरूलाई आईसीसीबाट भारतमा खेल्ने या अंक गुमाउने जस्तो कुनै सन्देश प्राप्त भएको छ। चाखलाग्दो कुरा के छ भने बैठकपछि बीसीसीआई अनि बीसीबी-बाट चाहिँ कुनै आधिकारिक बयान जारी गरिएको छैन, जसले भ्रम अझ बढ़ेको छ।
टी२० वर्ल्ड कप २०२६-मा जम्मा २० वटा टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको आयोजन भारत र श्रीलंकाले संयुक्त रूपमा गर्नेछ। बंग्लादेश ग्रुप सी-मा रहेको छ अनि टीमले आफ्नो पहिलो ३ वटा म्याच कलकत्तामा खेल्नु छ। ७ फरवरीमा वेष्ट इण्डिज, ९ फरवरीमा इटली र १४ फरवरीमा ईंग्ल्याण्डविरुद्ध। बंग्लादेशले ग्रुप चरणको आफ्नो अन्तिम म्याच १७ फरवरीमा नेपालविरुद्ध मुम्बईमा खेल्नेछ। बीसीबी-ले आईसीसीलाई पत्र लेख्ने असल कारण आईपीएलसँग सम्बन्धित एउटा फसेलालाई मानिएको छ। बीसीसीआईले कलकत्ता नाइट राइडर्स (केकेआर)-लाई बंग्लादेशका पेस बलर मुस्ताफिजुर रहमानलाई रिलीज गर्ने निर्देश दिएको थियो, जसलाई टीमले दिसम्बर २०२५-मा भएको लिलामीमा ९.२ करोड़ रुपियाँमा खरीद गरेको थियो। यस फसेलाको जानकारी बीसीसीआई सचिव देवजीत सैकियाले मीडियालाई दिए तर उनले यसपछिको ठोस कारण बताएनन्। बंग्लादेशमा गत केही समयदेखि हिन्दुहरूमाथि जारी अत्याचारले गर्दा बीसीसीआईले यस्तो फसेला लिएको मानिएको छ। आईपीएलबाट मुस्ताफिजुरलाई बाहिर गरिनको साथै बंग्लादेशको अन्तरिम सरकार र बीसीबी दुवै रिसाएको छ। बीसीबी-ले पनि कड़ा मिजास देखाउँदै आईसीसीसँग बंग्लादेशको टी२० वर्ल्ड कपमा सबै म्याचहरू श्रीलंकामा गराउने माग गरेको थियो। यसको पछि बंग्लादेशले भारतमा उनीहरूका खेलाड़ीहरू सुरक्षित नरहेको तर्क पेश गरेको थियो।

About Author

Advertisement