बंगाल: सिविटार निवासी मनु छेत्रीको घर अनित थापाको सहयोगमा निर्माण कार्य

IMG-20240302-WA0178.jpg

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटार चियाबारीस्थित गुम्बाडाँड़ा निवासी मनु छेत्रीको घर जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण कार्य शुरु गरिएको छ। गत वर्ष नै पैह्रोले क्षतिग्रस्त बनाएको घर अहिलेसम्म निर्माण भएको थिएन। स्थानीय पार्टी प्रतिनिधिहरूले उनको घर निर्माणको लागि पहल गरिरहेका थिए। अन्त्यमा जीटीए प्रमुख अनित थापाको सहयोगमा घर निर्माणको कार्य थालिएको छ। उक्त घर निर्माण कार्यको लागि सिविटार चियाबारीको गुम्बाडाँड़ास्थित मनु छेत्रीको घरमा महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामा, ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्री, सिविटार बुथ कमिटीको सचिव हेमराज छेत्री लगायत अन्यहरू पुगेर पूजा अर्चनासहित शिलान्यास गरेका छन्।

उक्त घरको निर्माण कार्य थालिएको विषयमा ट्रेड युनियन खरसाङ महकुमा समितिको उपाध्यक्ष जनक छेत्री साथै मनु छेत्रीले घर निर्माणको लागि जीटीए प्रमुख अनित थापालाई धन्यवाद दिएका छन्। उनले आगामी बर्खा अघि नै घर निर्माणको कार्य पूरा गरिदिने अनुरोध पनि गरेका छन्।

About Author

Advertisement