बंगाल: सिलगढी नक्कली चिठ्ठा प्रकरण

Capture5-1.png

छापाखाना मालिक सहित चार पक्राउ

सिलगढी: सिलगढी पुलिस थाना र खलपारा चौकी पुलिसले संयुक्त रूपमा अभियान चलाएर शहरमा नक्कली चिठ्ठाको छापाखानाको पर्दाफाश गरेको छ। लाखौंको नक्कली चिठ्ठा बरामदसँगै चार जनालाई पनि पक्राउ गरिएको छ। अभियुक्तहरुको नाम सौरभ जैसवाल, गौराङ मण्डल, प्रोबल दास र मुकेश कुमार गुप्ता रहेका छन्। उल्लेखनीय छ कि शुक्रबार सिलगढी महानगरपालिकाको वार्ड नम्बर चारको महाराजा कालोनीमा रहेको प्रिन्टिङ प्रेसमा सिलगढी थाना र खलपारा चौकीको पुलिसले नक्कली चिठ्ठा पर्दाफास गरेको थियो। प्रहरीको चासोका कारण नक्कली चिठ्ठा बनाउने व्यवसायको पर्दाफाश गर्न सम्भव भएको हो। पुलिसले छापाखानाबाट ठूलो परिमाणमा तीन कम्पनीको लटरी टिकट बरामद गरेको छ। प्रहरी स्रोतका अनुसार बरामद चिठ्ठाको अनुमानित बजार मूल्य ८० लाख रुपैयाँ रहेको छ। उक्त छापाखानाका सञ्चालक सौरभ जैसवालसहित त्यहाँ कार्यरत तीन कर्मचारीलाई ठगीको आरोपमा पक्राउ गरिएको हो। यससँगै चारै आरोपीलाई शनिबार सिलगढी अदालतमा पेश गरियो। प्रहरीले हाल यो नक्कली चिठ्ठा छाप्न कसैले अर्डर दिएको हो कि भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। वा छापाखानाले नै जनतालाई ठगाउन नक्कली चिठ्ठा छापिरहेको थियो।

About Author

Advertisement