बंगाल: विधायक निरज जिम्बाद्वारा गोर्खाहरूको समस्या समाधानको लागि आफ्नो खुनले पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्रचार

IMG-20240302-WA0198.jpg

सिलगढी: दार्जीलिङका भाजपा विधायक निरज जिम्बाद्वारा आफ्नो खुनले पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोर्खाहरुको सपनालाई अब बिपना बनाउनुपर्छ भनी पत्राचार गरेका छन्। विधायक जिम्बाद्वारा आफ्नो खुन निकालेर पत्र लेखेर गोर्खाहरूका समस्या समाधान गर्नलाई मांग गर्दै पत्राचार गरेका छन्। उनले आफ्नो खुन निकालेर पत्र लेखेर सिलगढी जर्नलिस्ट क्लबमा पुगेर पत्रकार सम्मेलन बोलाएर यसको जानकारी गराएका छन्। सिलगढीमा पत्रकारहरूसित कुराकानी गर्दै दार्जीलिङका विधायक निरज जिम्बाले भने, पहाड़को राजनैतिक इतिहासमा पहिलोपल्ट हो कि कुनै राजनैतिक नेता एंव जनप्रतिनिधिले आफ्नै खुनले पत्र लेखेर देशको प्रधानमन्त्रीलाई पठाएको छ। मैले मेरो खुन निकालेर लेखेको छु।”
उनले गोर्खाहरूको स्थायी राजनैतिक समाधान र गोर्खाहरूको ११ जातलाई जनजातिको मान्यता दिनुपर्छ भनी मांग गर्दै प्रधानमन्त्रीलाई पत्रचार गरेको बताएका छन्। विधायक निरज जिम्बाले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘गोर्खाहरूको सपना मेरो सपना’ भनेका थिए र अब त्यो बिपनामा परिणत हुनुपर्छ भनी बताए। उनले देशमा कश्मीरीहरूका समस्या समाधान भयो। नागाहरूको समस्या समाधान भयोैतर गोर्खाहरूको समस्या समाधान भएन। त्यसैले अब गोर्खाहरूको पनि समस्या समाधान हुनुपर्छ भनी प्रधानमन्त्रीलाई पत्रचार गरिएको बताएका छन्। विधायक निरज जिम्बाले भने, सांसद राजु विष्टले गोर्खाहरूका समस्या सड़कदेखि संसदसम्म लगेका छन् तर पनि गोर्खाहरूको समस्या समाधान भएन। तर अब गोर्खाहरूको सपना बिपना परिणत हुनुपर्छ। अहिले देशको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको इच्छा शक्ति भए गोर्खाहरूको समस्या समाधान हुन्छ। त्यसैले मैले यो समय मेरो खुनले पत्र लेखेर पठाएको छु।”

About Author

Advertisement