बंगाल: मङ्पुको लाब्दामा बाटो निर्माणको लागि विधिवत शिलान्यास

IMG-20240227-WA0250.jpg

मङ्पू: मङ्पु लाब्दा समष्टीको लाब्दा ग्राम सेवक प्राथमिक पाठशालादेखि डीओ अफिससम्मको बाटो निर्माणको लागि क्षेत्रीय सभासद रतन थापाको बाहुलीबाट आज विधिवत शिलान्यास गरियो। डाइरेक्टर अफ् सिन्कोनाद्वारा निर्माण गरिने यस बाटोको शिलान्यास आज मङ्पू लाब्दा समष्टि कार्यकारी सभासद रतन कुमार थापा अनि डाइरेक्टर डा. सामुएल राईको बहुलीबाट गरियो। यो बाटो निर्माणले अफिस धुराको गाउँवासी साथै लाब्दा विभागीय कार्यालयलाई ठूलो फाइदा पुग्ने छ।

उक्त बाटो निर्माण गरिदिएकोमा जीटीए प्रमुख कार्यपाल अनित थापा, क्षेत्रिय सभासद रतन कुमार थापा अनि डाइरेक्टर अफ सिन्कोना सामुएल राईप्रति गाउँवासीले आभार व्यक्त गरेका छन्।

आजको यस शिलान्यास कार्यक्रममा पीआरओ दार्जिलिङ महकुमा एवं मङ्पू लाब्दा समष्टि महासचिव बिज्ञान मिश्र, युवा शक्ति केन्द्रिय समिति प्रवक्ता अनित खाती, पञ्चायत समिति सदस्य चमन सिंह प्रधान, मङ्पू लाब्दा समष्टि मिडिया प्रभारी बिदेन प्रधान, सीपीएलयू लाब्दा शाखा सचिव अभिषेक राई, सिन्कोना मुन्सी मदन राई, भूपाल मोक्तान साथै भागोप्रमोका सदस्यहरू, गाउँका वरिष्ठ व्याक्तिहरूको विशेष उपस्थिति रहेको थियो।

About Author

Advertisement