बंगाल: भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि नयाँ कमानमा सभा सम्पन्न

IMG-20240302-WA0172.jpg

खरसाङ: भागोप्रमो तीनधारे महानदी समष्टिको शाखा पसौं अभियान साथै शाखा गठनको लागि घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर २५३ नयाँ कमानमा सभा सम्पन्न भएको छ। भागोप्रमो तीनधारे महानदी समष्टिद्वारा लगातार रूपमा आयोजना गरिरहेको शाखा पसौं अभियानलई जारी राख्दै नयाँ कमानमा उक्त सभा राखिएको छ। उक्त सभाको अध्यक्षता घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत सदस्य अनिलकुमार तामाङको अध्यक्षता र धिरेन प्रधानको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति एंव घैयाबारी ग्राम पञ्चायत तीनको उप प्रधान केवल राई र सभाध्यक्ष अनिलकुमार तामाङले सम्बोधन गरेका थिए। वक्ताहरूले भागोप्रमो पार्टीको सांगठनिक गतिविधि र आगामी दिनको रणनीतिहरू साथै आगामी लोकसभा चुनावको तयारी विषयमा वक्तव्य राखेका थिए। यसै सभामा नयाँ कमान बुथ कमिटीलाई यथावत् राखेर पदाधिकारीहरू थपेर शाखा कमिटी गठन गरिने निर्णय गरिएको छ।

त्यसरी नै नयाँ कमानमा दुईवटा प्रशाखा कमिटी गठन गरेर समष्टी कमिटीलाई बुझाउने निर्णय गरिएको छ। यस सभा विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको उप सभापति धिरेन प्रधानले विस्तृत रूपमा जानकारी गराएका छन् ।

About Author

Advertisement