बंगाल: बाघडुग्रामा १०० ग्राम ब्राउन शुगर सहित चार जना पक्राउ

Capture1-1.png

बाघडुग्रा: मादक पदार्थ तस्करी गर्न अगावै बाघडुग्रा पुलिस थाना अन्तर्गत एशियन हाईवेबाट चार जना व्याक्ति पक्राउ परेकाे छ। आज तिनीहरूलाई अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार बिहिबार राति बाइकमा सवार भएर विधाननगर निवासी जहीर उद्दीन र मोहम्मद मञ्जूर आलम नाम गरेका दुई जना व्याक्ति १०० ग्राम ब्राउन शुगर पुऱ्याउनको लागि बाघडुग्रा आएका थिए। यी दुई जनाले चोपड़ाको राजेश सिंह र दिपेन सिंहलाई ब्राउन शुगर सुम्पिने योजना थियो। तर यसभन्दा अगावै गोप्य सूत्रको आधारमा सिलगढी मेट्रोपोलिटन पुलिसको एसओजी र बाघडुग्रा थाना पुलिसले अभियान चलाएर ती मादक तस्करहरूलाई पक्राउ गरेको छ। तिनीहरूबाट १०० ग्राम ब्राउन शुगर सहित एउटा बाइक अनि तीनवटा मोबाइल फोन पनि उद्धार गरेको छ। आज आरोपीहरूलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

About Author

Advertisement