बंगाल पुलिसको कार्यशैली माथि प्रश्न उठाउदै भाजपाका वरिष्ठ नेता दिलीप घोष

37550541_1737113356373565_6976829280319700992_n.jpg

कोलकाता: भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता दिलीप घोषले एक पल्ट फेरि बंगाल पुलिसको कार्यशैलीमाथि प्रश्न चिह्न खड़ा गरेका छन्। बुधवार न्यूटाउनको इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीप घोषले भने, जुन पुलिसले सत्तारूढ़ पार्टीको कार्यक्रमको सुरक्षा सुनिश्चित गर्न सक्दैन, उसले आम जनको सुरक्षा के सुनिश्चित गर्नेछ? मंगलवार अभिषेक ब्यानर्जीको कूचबिहार कार्यक्रममा मारपीट र बेलेट बक्स तोड्ने घटनाको उल्लेख गर्दै उनले भने, पुलिसले कतैपनि कुनै किसिमको स्थितिलाई सम्हालन सक्दैन। यस पुलिसमाथि पंचायत चुनाउको सुरक्षाको विश्वास कसरी गर्नसकिन्छ? यस पुलिसले तृणमूल नेताहरूको कार्यक्रमहरूको सुरक्षा गर्न सकिरहेको छैन भने सोच्नुहोस् भाजपाको कार्यक्रममा कतिको जोखिम हुनेगर्छ। अब त यस्तो लाग्छ कि राजनीतिक कार्यक्रमहरूको सुरक्षा पनि केन्द्रिय बलहरूको हातमा दिनपर्नेछ। बंगाल निवासीहरूको जीवनको कुनै सुरक्षा रहेन।

About Author

Advertisement