बंगाल: करोड़ौंको लागतमा पक्की सड़कको निर्माण कार्य आरम्भ

app_169486741865059fda75c46_img-20230916-wa0147.jpg

अलिपुरद्वार: जलदापाड़ा वनाञ्चल क्षेत्रमा एक करोड़ तेईस लाख रुपियाँको लागतमा लगभग साढ़े चार किलोमीटरको पक्की सड़कको निर्माण कार्य शुरू भएको छ। शुक्रवार अलिपुरद्वार जिल्ला परिषद्का खाद्य कर्माध्यक्ष मणिक रायले पथश्री परियोजना अन्तर्गत उक्त सड़कको निर्माण कार्यको शुभारम्भ गरे।

यस अवसरमा छोटा शालकुमार ग्राम पञ्चायत प्रधान ब्यूटी घोष, अञ्चल अध्यक्ष कल्लोल नोटो, पञ्चायत मानस बर्मन सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

माणिक रायले भने, स्थानीय मानिसहरूको मागलाई मध्यनजर गर्दै फालाकाटा ब्लक छोटा शालकुमार ग्राम पञ्चायत अधिनस्थ जलदापाड़ा वनाञ्चल संगलग्न क्षेत्र भैरभाट बजारदेखि पूर्व शिवनाथपुर हरि मन्दिर हुँदै रामकृष्ण कारजीको घरसम्म लगभग साढ़े चार किलोमीटर पक्की सड़कको निर्माण कार्य शुरू गरिएको छ। पथश्री परियोजना अन्तर्गत उक्त सड़कको निर्माण भइरहेको छ। सड़क निर्माणमा एक करोड़ तेईस लाख रुपियाँ खर्च हुनेछ।

About Author

Advertisement