सिलगढी: मन्दिरबाट चोरी भएको समान पुलिसले ४ दिनको अवधिमा उद्धार गरेको छ। तथापि, घटनामा कसैलाई पक्राउ गरिएको छैन। पुलिसले चोरको खोजी गरिरहेको छ। प्राप्त जानकारी अनुसार गत २२ फरवरीमा मतिगढा तुम्बाजोत इलाकास्थित करूणामयी काली मन्दिरको गेट भत्काएर बदमाशहरूले पुजाको भाँडाकुँडा चोरी गरेर चम्पट कसेको थियो। यसपछि गत २३ फरवरीमा घटनाबारे थानामा लिखित अभियोग दर्ता गरेपछि अभियोग आधारमा जाँचमा जुटेका पुलिसले मतिगढा थाना अन्तर्गत इलाकाको एउटा खाली ठाउँबाट गत राति मन्दिरबाट चोरी गरेको पुजाको पित्तलको भाँडाकुँडा उद्धार गरेको छ। पुलिसले आज करूणामयी माँ काली मन्दिर प्रबन्धनलाई उक्त समानहरू सुम्पिदिएको छ। मन्दिर कमिटी पुलिसको उक्त पहलले गर्दा निक्कै खुसी छ। पुलिसले चोरको खोजी गर्नको साथै घटनाको जाँच गरिरहेको छ।










