बंगाल: ओक्स चियाबारीमा सप्ताहव्यापी संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ शुरु

IMG-20240301-WA0182.jpg

सोनादा: सोनादा पचेङ समष्टीको ओक्स खेल मैदानमा सप्ताहव्यापी संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ आजदेखि शुरु भएको छ। श्रीमदभागवत ज्ञान महायज्ञ समिति शान्ति बजार, कोठीधुरा, धोबी लाइन, नौधुरे सोनादाको आयोजनामा आज १ मार्चदेखि आगामी ७ मार्चसम्म चल्ने भएको जानकारी प्राप्त भएको छ। उक्त सप्ताहव्यापी महापुराणमा व्यास पण्डित आचार्य रसिक रिवाज अनि उप व्यास गंगाराम न्यौपाने उपस्थित रहेका छन्। उक्त सप्ताव्यापी महापुराणको पहिलो दिन आज कलश यात्रा निकालियो। उक्त कलश यात्रा ओक्स खेल मैदानबाट शुरु भएर पञ्चधाम नाली चउरसम्म पुगेर परिक्रमा गरी फर्केर पुन: ओक्स चियाबारीको खेल मैदानमा पुगेर समाप्त भएको छ। उक्त सप्ताहव्यापी ज्ञान महापुराणक पहिलो दिन मुख्य अतिथिको रूपमा क्षेत्रीय सभासद अनोश थापा साथै विशिष्ट अतिथिको रूपमा ओक्स चियाबारीको मुख्य प्रबन्धक साथै ओक्स खेल मैदान संरक्षण समितिको सभापति सचिव लगायत वरिपरिका समाजका प्रतिनिधिहरू उपस्थित रहेका थिए। यस सप्ताहव्यापी महापुराण विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आयोजक समितिको पक्षमा चन्दन लकान्द्रीले विस्तृत रूपमा जानकारी गराउँदै यो महापुराण आज १ मार्चदेखि शुरु भएर आगामी ७ मार्चसम्म चल्ने भएको जानकारी गराएका छन्। उनले यो सप्ताहव्यापी संगीतमय श्रीमदभागवत ज्ञान महायज्ञ आयोजना गर्नुको मुख्य उद्देश्य गाउँ समाजमा शान्ति र सदभावना छाउनु साथै वैमनस्यता हराएर सबैमा शान्ति र समृध्दि छाएको होस् भनी कामना गर्दै आयोजना गरिएको बताएका छन्।

About Author

Advertisement