बंगाल: अरूप विश्वासलाई चिटफण्ड मामिलामा नोटिस

IMG-20240228-WA0190.jpg

कोलकाता: चिटफण्ड जाँचको सिलसिलामा राज्यका बिजुलीमन्त्री अरूप विश्वासलाई डाकिएको छ। ईडीले उनलाई समन पठाएको छ। भनिन्छ, यो समन अल्केमिस्ट चीटफण्ड मामिलामा केही करोड़ रुपियाँको धाँधलीको सिलसिलामा उनीसित जाँचबुझ गर्नको लागि जारी गरिएको हो।अरूप दक्षिण कोलकाताका नेता हुन् जसलाई ममता ब्यनर्जीको विश्वासपात्र मानिन्छ। अल्केमिस्ट इन्फ्रा रियल्टीमा सेबीको अनुमति बिनै निवेशकहरूबाट १ हजार ९ सय १६ करोड़ रुपियाँ धाँधली गरेको आरोप छ। उक्त कम्पनीका मालिक तृणमूलका पूर्व राज्यसभा सांसद केडी सिंह हुन्। ईडीले वित्तीय धोकाधड़ीको आरोपमा वर्ष २०२१-को विधानसभा चुनाउपूर्व केडी सिंहलाई पक्राउ गरेको थियो।सूत्र अनुसार मुकुलको केडीसित घनिष्ठ सम्बन्ध थियो। जाँचबुझमा केडीले जाँचकर्ताहरूलाई मुकुलको बारेमा पनि बताए। यसै आधारमा केन्द्रिय जाँच एजेन्सेली हालैमा कृष्णनगर उत्तरका विधायक मुकुल रायको घरमा पुगेर जाँचबुझ गरेको थियो भने अब अरूप विश्वाससित जाँचबुझ हुनेछ।

About Author

Advertisement