बंगालको खाड़ीमा बन्यो निम्न दबाव, दिनभरि भारी पानी पर्ने

00-1-Rashtriya-Samachar-12

कोलकाताः बंगालको खाड़ीमा निम्न दबाउ तयार भएको छ, जसले गर्दा कोलकाता समेत पूरा राज्यमा भारी पानी पर्ने सम्भावना छ। बिहिवार मौसम विभागको तर्फबाट जारी बयानमा यो जानकारी दिइएको छ। जानकारी अनुसार, गत २४ घण्टामा राजधानी कोलकातामा ६.७ मिलीमीटर वर्षा रेकर्ड गरिएको छ। यसले गर्दा तापक्रममा हल्का ह्रास पनि दर्ता गरिएको छ। न्यूनतम तापक्रम २७.६ डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा केवल एक डिग्री धेरै छ जबकि अधिकतम तापक्रम ३२.९ डिग्री सेल्सियस छ जुन सामान्य हो।

कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा पनि यसरी नै लगातार पानी परिरहनेछ। साताको अन्तमा अझ् अधिक पानी पर्ने सम्भावना छ, जसले गर्दा गर्मी कम हुनेछ।

-हिस

About Author

Advertisement