बंगालः दक्षिणमा गर्मी, उत्तरमा वर्षा

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः राज्यभरिमा गत केही दिनदेखि भइरहेको भीषण गर्मीबीच उत्तर बंगालमा शुक्रवार दिउँसो हल्का-फुल्का पानी पर्नु शुरू भएको छ। मौसम विभागले यसलाई प्री मनसून वर्षा बताएको छ। यसका साथै आइतवातदेखि तीव्र आंधी तूफानको साथ पानी पर्ने सम्भावना व्यक्त गरिएको छ। उत्तर बंगालको अलिपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा शुक्रवार दिउँसैदेखि पानी पर्नु शुरू भएको छ।

यद्यपि, दक्षिण बंगाल अर्थात् राजधानी कोलकाता समेत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा आदि क्षेत्रहरूमा अहिलेपनि तापक्रम लगभग ४० डिग्री छ र लू चलिरहेछ। आइतवारदेखि दक्षिण बंगालमा पनि पानी पर्ने सम्भावना छ। मौसम विभाग अनुसार, आगामी २४ घण्टासम्म उत्तर पूर्व भारतमा मनसूनले प्रवेश गर्नेछ, जसको प्रभावले पानी पर्नु शुरू हुनेछ। सोमवारदेखि तापक्रम तल झर्नु शुरू हुनेछ। लू चल्नुपनि बन्द हुनेछ र हल्का पानी पर्नु शुरू हुनेछ।

-हिस

About Author

Advertisement