बंगालः कांग्रेसको एकमात्र विधायक वायरन विश्वास तृणमूल कांग्रेसमा सामेल

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः पश्चिम बंगालमा कांग्रेसको एकमात्र विधायक वायरन विश्वास सोमवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीका भतीज अभिषेक ब्यानर्जीले उनलाई तृणमूलको सदस्यता दिलाए। वायरन विश्वास टीएमसीमा सामेल भएपछि पश्चिम बंगाल विधानसभामा कांग्रेश शून्यमा आएको छ।

जितको तीन महिनाभित्र वायरन तृणमूलमा सामेल हुँदा कांग्रेसलाई झटका लागेको छ। वायरनले सोमवार पश्चिम मिदनापुरको घटालमा तृणमूल अफिसमा गएर पार्टीको सदस्यता लिए। सागरदिघी विधानसभा क्षेत्रमा २७ फरवरीमा मतदान भएको थियो। यसपछि ०२ मार्चमा परिणाम घोषित भएको थियो। कांग्रेसले सागरदिघीमा लेफ्टको साथ गठबन्धन गरी चुनाउ लड़ेको थियो। उनी तृणमूलमा सामेल भएपछि कांग्रेस नेतृत्व मौन भएका छन्।

-हिस

About Author

Advertisement