गुवाहाटी: हिजो राति पक्राउ परेको एकजना बंगलादेशी नागरिकलाई असम पुलिसले बांग्लादेश प्रशासनलाई सुम्पिएको छ। यस सम्बन्धमा राज्यको मुख्यमन्त्री हेमन्त विस्व सरमाले सोशल मीडियामा पोस्ट शेयर गर्दै भनेका छन्, ‘हाम्रो असम पुलिसले भारत-बंगलादेश सीमामा अनुप्रवेशलाई रोक्नको लागि कड़ा सतर्कता अप्नाइरहेको छ। यसै अन्तर्गत मोहम्मद आरिप नामक एकजना बंगलादेशी अप्रवासीलाई गए शुक्रवार राती गरिमगञ्जबाट पक्राउ गरियो। कानूनी कारबाही पूरा गरेपछि उक्त बंगलादेशीलाई अन्तरराष्ट्रिय सीमाको दोस्रो तर्फ अर्थात बंगलादेशमा फर्काइयो। मुख्यमन्त्रीले असम पुलिसको कामको सराहना समेत गरेका छन्।










