बंगलादेशमा हिन्दूमाथि हुने अत्याचारको विरोधमा सिलगढीमा मानव श्रंखला बनाइयो

IMG-20241004-WA0251

 सिलगढी: बंगलादेशमा अल्पसंख्यकहरू, विशेष गरी हिन्दूहरूमाथिको क्रूरताको विरोधमा सिलगढीको भेनस मोरमा मानव श्रंखला बनाइयो। बंगलादेशको बन्दरबन, खगराचरीको पहाडी क्षेत्रका बरुआ वैद्य हिन्दू र इसाई समुदायको घरमा भएको लुटपाट, सामूहिक दुष्कर्म र डकैतीको विरोधमा उत्तर बंगाल भिक्षु संघ र बुद्ध भारतीले आज सिलगढीको भेनस रोडमा मानव श्रंखलाको आयोजना गरेको छ। बंगलादेशमा हिन्दूमाथि हुने हिंसा, महिलामाथि हुने अत्याचार, बंगालको सबैभन्दा ठूलो पूजा, दुर्गा पूजा गर्न नपाउनेलगायतका विषयमा आज मानव श्रंखला आयोजना गरेर यस्ता घटनाको विरोध गरियो।

About Author

Advertisement