बंगलादेशमा सन्त चिन्मय कृष्ण दासको गिरफ्तारीको विरोधमा सिलगढीमा र्‍याली निस्कियो

v

सिलगढी: बांगिया बाउल र लोकशिल्पी संघ जलपाईगुडी जिल्ला कमिटीले हिन्दू सन्तको गिरफ्तारी र बंगलादेशमा हिन्दुहरूमाथि लगातार भइरहेको अत्याचारको निन्दा गर्दै विरोध प्रदर्शन गरिरहेका छन्। बाङ्गिया बाउल र लोकशिल्पी संघका सदस्यहरुले आज विरोध र्‍याली निकालेका छन्। र्‍याली पूर्वी बाइपास नजिकैको ढाकेश्वरी काली मन्दिर परिसरबाट सुरु भई आशिघर मोडको परिक्रमा गरी पुनः मन्दिर परिसरमा पुगेर समापन भएको थियो।
बङ्गिया बाउल र लोकशिल्पी संघका सदस्यहरू प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर विरोध रैलीमा सहभागी भएका थिए। सन्त चिन्मय कृष्ण दासलाई तत्काल रिहा गर्न उनीहरुको माग रहेको छ। सो बिरोध रैलीमा हिन्दूमाथि आक्रमण गर्ने र मन्दिर भत्काउने दोषी माथि कड़ा सजाय दिनु पर्ने मांग राखेका छन। सो रैली मार्फत मोहम्मद युनुसको राजिनामा समेत माग गरेका छन्।

About Author

Advertisement