सिलगढी: गोप्य स्रोतबाट प्राप्त सूचनाको आधारमा विधाननगर थानाको पुलिसले सिलगढी डिभिजनको बिजलीमुनी क्षेत्रमा छापा मार्यो। छापा मार्ने क्रममा एउटा कन्टेनर बरामद गरी खोजी गर्दा त्यसबाट एउटा भैँसी बरामद गरियो। पुलिसले चालकलाई वैध कागजात देखाउन आग्रह गरे पनि वैध कागजात देखाउन नसकेपछि चालकलाई पक्राउ गरिएको हो। अभियुक्तको नाम शमसुल हक बताइएको छ। पुलिस स्रोतका अनुसार उक्त कन्टेनरबाट ३१ वटा भैँसी बरामद गरिएको छ। यी भैँसीहरू बिहारबाट असमको बाटो हुँदै तस्करीको लागि बंगलादेश लागिरहेको थियो।









