फ्रेञ्च ओपनको पहिलो राउण्डमै नडाल र ज्वेरेवबीच भिड़न्त हुने

IMG-20240524-WA0139.jpg

पेरिस: स्पेनका दिग्गज टेनिस खेलाड़ी रफायल नडालले सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा खेल्ने फसेला गरेका छन्। टुर्नामेण्टको पहिलो राउण्डमै २२ पल्टका ग्राण्ड स्ल्याम विजेता नडालको भिड़न्त जर्मनीका स्टार खेलाड़ी एलेक्जेण्डर ज्वेरेवसँग हुनेछ। बिहीवार क्ले कोर्टमा खेलिने यस ग्राण्ड स्ल्यामको ड्र जारी गरियो, जसमा रेकर्ड १४ पल्टका फ्रेञ्च ओपन विजेता नडाल अघि पहिलो राउण्डमै ज्वेरेवको रूपमा कड़ा चुनौती हुनेछ। गत दुई सीजनदेखि चोट-आघातको समस्या र फर्ममा उतार-चड़ाउले गर्दा केही दिन अघिसम्म पनि नडालले फ्रेञ्च ओपनमा हिस्सा लिने स्पष्ट भएको थिएन। चोटको सर्जरीले गर्दा उनले गत वर्ष टुर्नामेण्टमा हिस्सा लिएका थिएनन्। यस साल नडाललाई कुनै वरीयता प्राप्त भएन। विश्व ऱ्याङकिंगमा चौथो स्थानमा रहने ज्वेरेव विरुद्ध नडालले २०२२-मा फ्रेञ्च ओपनको सेमिफाइनल म्याच खेलेका थिए। त्यस समय चोटले गर्दा ज्वेरेव खेलको बीचमा हटेका थिए। फ्रेञ्च ओपन आइतवारदेखि शुरु हुनेछ। पुरुष एकलमा २४ पल्टका ग्राण्ड स्ल्याम विजेता सर्बियाका नोवाक जोकोविच फेरि एकपल्ट प्रबल दावेदारको रूपमा ओर्लिनेछन्।

About Author

Advertisement