फोटो खिच्ने क्रममा पर्यटक खोलाले बगाएर निखोज, बचाउन जाँदा एक वाहन चालकको मृत्यु

IMG-20220609-WA0179.jpg

गान्तोक। फोटो खिच्ने क्रममा, आज दिउँसो लगभग चार बजी, उत्तर सिक्किमको मंगन जिल्ला अन्तर्गत नागामा एक पर्यटकलाई खोलाले बगाएर निखोज भएका छन् भने उसलाई बचाउन जाँदा एक वाहन चालकको मृत्यु भएको छ।

उक्त पर्यटकहरू एउटा वाहनमा लाचुङ गइरहेका थिए भने मंगन र चुङथाङ मार्गबीच नागामा फोटो खिच्न झरेका थिए। यहॉं फोटो खिच्ने क्रममा दुर्घटनावश एक पर्यटक चिप्लिएर रिचु खोलामा झेर भने उनलाई खोलाले बगायो। पर्यटकलाई खोलाले बगाएको देखेपछि वाहनका चालक उनलाई बचाउन गएका थिए, तर उनलाई पनि खोलाले बगायो।

प्रत्यक्षदर्शीहरू अनुसार, हरियाणाबाट सिक्किम घुम्न आएका एक 63 वर्षीय वृद्ध उदय कुमार सिंह खोलाको ढिलमा फोटो खिच्न गएका थिए। सोही क्रममा चिप्लिएर उनी खोलामा झरेका थिए। वाचन चालक कर्ण बहादुर तामाङ उनलाई बचाउन जॉंदा उनलाई पनि खोलाले बगाए।

पछि, स्थानीय मानिसहरूले खोलाबाट चालक तामाङको शव उद्धार गरे। यद्यपि, समाचार लेखुन्जेलसम्म पनि पर्यटकको कुनै खबर प्राप्त भएको छैन। पर्यटक हरियाणाबाट आफ्ना अन्य तीन साथीसॅंग सिक्किम घुम्न आएका थिए।

About Author

Advertisement