फूलपाती कपः नयाँ बजार फूटबल क्लब विजयी

IMG-20220905-WA0119.jpg

५ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा आइतवार एउटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत खेलिएको म्याचमा नयाँ बजार फूटबल क्लब (खरसाङ)-ले एनबीएससी रोहिनीलाई ५-१-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement