फूलपाती कपः चन्दु बस्ती र भूटिया एफसी विजयी

IMG_20220903_215439.jpg

३ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टमा आज पहिलो दिन दुईवटा म्याच खेलियो। दिनको पहिलो म्याचमा चन्दु बस्तीले उपासना क्लबलाई ६-३-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा भूटिया एफसी-ले टीजीएफसी-लाई २-०-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement