फूलपाती कपः गिद्ध पहाड़ एफसी र रोहिनी फूटबल एकाडमी विजयी

IMG-20220911-WA0181.jpg

११ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा आइतवार दुईवटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आज खेलिएको पहिलो म्याचमा गिद्ध पहाड़ एफसी-ले ओल्ड इज गोल्डलाई ४-३-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा रोहिनी फूटबल एकाडमीले मिरिक एफसी-लाई ४-२-ले पराजित गऱ्यो। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

Advertisement