सिलगढी: फूलबारी नजिकैको जियागञ्ज क्षेत्रमा तीनवटा सवारीसाधन एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जना घाइते भएका छन्। माछाले भरिएको ट्रक फूलबारीबाट जलपाईगढीतर्फ जाँदै गरेको जियागञ्ज नजिकैको इलाकामा पुग्ने बित्तिकै विपरित दिशाबाट आएको बसलाई बचाउने प्रयासमा लरीले एउटा सानो कारलाई धक्का दिएको बताइएको छ। अर्को ट्रक अगाडि उभिरहेको थियो। यो ठक्करबाट ट्रकको अगाडिको भाग पल्टिदा लरी चालक घाइते भएका छन्। दुर्घटनाका कारण केही समय यातायात अवरुद्ध भएको थियो। घटनालगत्तै स्थानीय बासिन्दाको सहयोगमा घाइतेलाई उद्धार गरी फुलबारीस्थित निजी अस्पतालमा पठाइयो। खबर पाएलगत्तै फूलबारी राजमार्ग ट्राफिक आउट पोस्ट र न्यू जलपाईगढी थानाको पुलिस घटनास्थलमा पुगेर दुर्घटना भएका सवारीसाधनको खोजी गरिरहेको छ। कारका चालकले भने, ‘म डाक्टरलाई सिलगढीबाट जाटियाकाली नजिकैको नर्सिङ होममा लैजाँदै थिएँ। बाटोमा ट्राफिक जाम भएको देखेपछि म उभिरहेको थिएँ। त्यसपछि पछाडिबाट एउटा लरी आउँदै गरेको देखेँ। ट्रकले कारलाई धक्का दियो। हामी भाग्यले बाँच्यौं, तर घटनामा ट्रक चालक र सहचालक गम्भीर घाइते भए।‘










