फुलबारी-अम्बारीको सडकमा गाडी दुर्घटनाग्रस्त,चालक घाइते

IMG-20241116-WA0021

फुलबारी: सर सामान लादिएको एउटा चार चक्के वाहान अनियन्त्रित हुँदा दुर्घटनाग्रस्त हुन पुगेको छ। घटनामा वाहन चालक घाइते भएका छन्। यो घटना बुधबार फुलबारी-अम्बारी राज्य राजमार्गको लक्ष्मीजोत क्षेत्रसँगै रहेको पुतिमारीमा भएको हो।
जानकारी अनुसार, मेलाबाट सामानहरू फूलबारीको जोरपाकुरी क्षेत्रबाट सानो कार्गो गाडीमा गइरहेको थियो। त्यसै समय गाडी अनियन्त्रित हुँदा पुतिमारीसँगै रहेको लक्ष्मीजोत क्षेत्रमा पल्टियो।घटनामा चालक घाइते भएका छन्। जानकारी पाएपछि क्यानल रोड ट्राफिक पोस्टको पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त गाडी बरामद गरेको छ।

About Author

Advertisement