फूटबल खेलाडी निर्मल छेत्रीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

IMG-20230615-WA0373.jpg

गान्तोक: भारतीय फूटबल टोलीका पूर्व खेलाड़ी सिक्किमे छोरा निर्मल छेत्री प्रशिक्षण अवधि घाइते भएपछि हाल नाम्ची जिल्ला अस्पतालमा उनको सफलतापूर्वक सर्जरी गरिएको छ। प्राप्त जानकारी अनुसार, उनको खुट्टामा चोट लागेको थियो। एक अन्तरराष्ट्रिय स्तरको खेलाड़ीले राज्य बाहिरका विभिन्न ठूला-ठूला अस्पतालमा सर्जरी गराउन सक्थे तर निर्मल छेत्रीले सिक्किमकै एक जिल्ला अस्पताल र त्यहाँका चिकित्सकहरूमाथि विश्वास राखेर आफ्नो खुट्टाको सर्जरी गराएर राज्यको स्वास्थ्य व्यवस्थामाथि भरोसा गरेका छन्। उनले नाम्ची जिल्ला अस्पतालमा सर्जरी गरेको कुरा आफ्नो आधिकारिक फेसबूकमा उल्लेख गरेका छन्।

मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले यसबारेमा एक प्रेस विज्ञप्ति जारी गरेर मुख्यमन्त्री पीएस गोलेको नेतृत्वमा रहेको वर्तमान राज्य सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको फलस्वरूप आज जिल्ला अस्पतालहरूमा यस प्रकारको सुविधा रहेको विचार पोखेका छन्।

विभिन्न अन्ततरराष्ट्रिय स्तरमा फूटबल खेलिसकेका निर्मल छेत्रीले यसरी राज्यको एक जिल्ला अस्पतालमा खुट्टाको सर्जरी गराउनु राज्यको चिकित्सा सेवामाथि विश्वास गर्नु रहेको सचिव बस्नेतले थप बताएका छन्। योसँगै पूर्व फूटबल खेलाड़ी निर्मल छेत्रीको शीघ्र स्वास्थ्यलाभको उनले कामना गरेका छन्।

About Author

Advertisement