फीफा वर्ल्ड कपः एम्बाप्पेको २ गोलले फ्रान्स शानको साथ क्वार्टर फाइनलमा

IMG-20221205-WA0125.jpg

५ दिसम्बरः दुईपल्टको च्याम्पियन फ्रान्सले स्टार स्ट्राईकर कीलियन एम्बाप्पेको प्रभावशाली प्रदर्शनको दममा फीफा वर्ल्ड कप २०२२-को क्वार्टर फाइनलमा स्थान बनायो। आइतवार राति खेलिएको राउण्ड अव् सिक्स्टीन (१६)-को म्याचमा फ्रान्सले पोल्याण्डलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा एम्बाप्पेले ७४औं र स्टपेज टाइमको पहिलो मिनटमा दर्शनीय गोल गरे। यसरी नै फ्रान्सलाई म्याचको पहिलो गोल अनुभवी फरवर्ड ओलिवर गिरोडले दिलाए। गिरोडले म्याचको ४४औं मिनटमा गोल गरे। यसको साथै उनी फ्रान्सको तर्फबाट सर्वाधिक गोल गर्ने खेलाड़ी बने। उनले यस मामिलामा थिएरी हेनरी (१२३ वटा म्याचमा ५१ गोल)-लाई पछि छोड़े। फ्रान्सबाट ११७ वटा म्याच खेल्ने ३६ वर्षीय गिरोडको अहिले ५२ गोल भएको छ। ग्रुप डी-को शुरुवाती म्याचमा अष्ट्रेलिया विरुद्ध ४-१-ले जीतको अवधि उनले हेनरीको रेकर्डको बराबरी गरेका थिए।

अल थुमामा स्टेडियममा मध्यान्तरको ठीक अघि एम्बाप्पेले बक्सभित्र गिरोडलाई बल दिए, जसले त्यस मौकालाई गोलमा परिणत गरी फ्रान्सलाई १-०-को बढ़त दिलाए। म्याचको अवधि फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सलाई निक्कै खुशी देखियो। पूरा म्याचमा पोल्याण्डले पनि धेरैपल्ट मौका पाएको थियो तर उनीहरूले ती मौकाहरूको फाइदा उठाउन सकेनन्। म्याचमा शुरुदेखि नै फ्रान्सको टीम हावी रह्यो। पोल्याण्डका स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले गोलको खोजमा लगातार प्रयास गरे पनि फ्रान्सीसी रक्षापंक्तिले उनको प्रयासलाई विफल पाऱ्यो। गत ३६ सालमा पहिलोपल्ट नक्आउट राउण्डमा पुग्ने पोल्याण्डले म्याचको एकमात्र गोल अन्तिम क्षणमा हासिल गऱ्यो। लेवाण्डोस्कीले स्टपेज टाइमको नवौं मिनटमा पेनल्टीबाट गोल गरी पोल्याण्डको निम्ति पराजयको अन्तर कम्ती गरे।

About Author

Advertisement