३१ अक्टोबरः वर्तमान च्याम्पियन स्पेनले पहिलोपल्ट फाइनलमा पुग्ने कोलम्बियालाई पराजित गरी फीफा अण्डर-१७ महिला विश्व कपको खिताब जित्यो। आइतवार मुम्बईको डीवाई पाटिल स्पोर्ट्स स्टेडियममा खेलिएको फाइनलमा स्पेनले कोलम्बियालाई १-०-ले पराजित गऱ्यो। प्रतियोगितामा शुरुदेखि नै प्रभावशाली प्रदर्शन गर्ने कोलम्बियाई टीमको अन्त निराशाजनक रह्यो अनि फाइनलमा आत्मघाती गोलले गर्दा पराजित भयो। म्याचमा ३० प्रतिशत पोजेशनको साथ खेल्दै भए पनि कोलम्बियाले स्पेनलाई कड़ा चुनौती दियो तर अन्तमा एना मारिया गुजम्यान जपाटाले ८२औं मिनटमा आत्मघाती गोल गर्दा स्पेन च्याम्पियन बन्यो। आयोजक देशको रूपमा भारतले पनि यस प्रतिष्ठित टुर्नामेण्टमा अंशग्रहण गरेको थियो तर टीमले ग्रुप चरणमै बिदा लिएको थियो।










