फिल्म निर्देशक प्रताप सुब्बा पञ्च तत्वमा विलिन

IMG-20230318-WA0197.jpg

दार्जिलिङ: नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको आज अन्तिम संस्कार गरिएको छ। उनको दार्जिलिङस्थित वासस्थानबाट पार्थिव शरीरलाई निकालेर जीडीएनएस भवनमा श्रध्दाञ्जली अर्पण गर्नलाई राखिएको थियो। जीडीएनएस भवन अघिको खेल मैदान परिसरमा उनलाई अन्तिम श्रध्दाञ्जली अर्पण गर्नलाई दार्जिलिङका विभिन्न क्षेत्रहरूका मानिसहरू उपस्थित रहेका थिए। विभिन्न संघ संस्थाहरू र फिल्म अनि साहित्य जगतका मानिसहरूले प्रताप सुब्बालाई यहाँ अन्तिम श्रध्दाञ्जली चढ़ाएका थिए। प्रताप सुब्बाको पार्थिव शरीरलाई दार्जिलिङमा हिन्दु धर्म अनुसार अन्तिम संस्कार गरिएको छ। भारतीय नेपाली फिल्म जगतको प्रसिद्ध निर्देशक प्रताप सुब्बाको निधन गत बिहीबार १६ मार्चको दिन ७८ वर्षको उमेरमा सिलगढीमा भएको थियो। उनको अन्तिम संस्कारमा उपस्थित भएका वरिष्ठ अभिनेता पुकार गुरुङ र जीटीएको सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोश थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै प्रताप सुब्बाप्रति श्रध्दाञ्जली अर्पण गरेका छन्।

About Author

Advertisement