फिल्म ‘एक्टर’मा आना शर्मा फाइनल

415334052_751094646912273_5007105296488554897_n

टीआरआई समाचार

काठमाडौं: नायिका आना शर्माले नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा फाइनल भएकी छन्। निर्माणपक्ष र आनाबीच फिल्मका लागि कागजी सम्झौता भएको हो। आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो। यी दुईको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ। राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ। अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन्।
यो फिल्मको छायांकन केही महिनामा नै शुरु हुनेछ। फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ। यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ। फिल्ममा रित बोहरा सहयोगी निर्देशकको रुपमा रहेका छन्। फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन्। एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ।

About Author

Advertisement